आफ्नै निर्णय उल्ट्यायो फेसबुकले

फेसबुकले हटाउने निर्णय गरेको सन् १९७२ को भियतनाम युद्धको एउटा तस्बिर फेरि राख्न दिने निर्णय गरेको छ । फेसबुक तस्बिर हटाउने आफ्नो पूर्व निर्णयबाट पछि हटेको हो । नर्वेका लेखक टम एजल्याण्डले पास्ट गरेको तस्बिर नग्न भएको भन्दै फेबुकले हटाएको थियो । तस्बिर हटाएपछि फेसबुकले सम्पादकको भूमिका खेलेको भन्दै आलोचना भएको थियो ।

धेरैले फेसबुकका प्रमुख मार्क जुकरबर्गले शक्तिको दुरुपयोग गरेको भन्दै आलोचना गरे । नर्वेको मुख्य प्रत्रिकाका सम्पादकले फेसबुकका प्रमुख जुकरबर्गलाई खुल्ला पत्र लेखेका थिए ।  खुला पत्रमा सम्पादक एस्पेन एगिलले जुकरबर्गले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका थिए । नर्वेकी प्रधानमन्त्री एर्ना सोलबेर्गले फेसबुकको निर्णयको स्वागत गरेका छन् । तस्बिर पोस्ट गर्ने लेखक एजल्याण्डले पनि ट्वीट गरेर खुसी व्यक्त गरेका छन् ।

 

तर यो विषयलाई खुला पत्रमार्फत चर्चामा ल्याएका एफ्टनपोस्टनका सम्पादक एगिलले यो विषय अझै चासोको रहेको बताएका छन् । फेसबकुले तस्बिर फेरि राख्नु राम्रो भएपनि फेबुकका संस्थापकले शक्तिको दुरुपयोग गरेको कुरा अझै चर्चाको विषय रहेको र यसमा छलफल गर्नुपर्ने सम्पादक एगिलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय