38, September 19, 2017
ADS
साहित्य/विविध

इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार

Gantho 1

२६ भदौ, काठमाडौ ।  सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार, २०७३ बाट पुरस्कृत गरेको छ । एक दशकदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै कलाकार परियारलाई नगद रु १० हजार र ताम्रपत्रसहित पुरस्कृत गरिएको हो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, क्षेत्रलाल कायस्थलगायतले परियारलाई शनिबार एक समारोहबीच पुरस्कृत गर्नुभएको थियो ।

पोखरा १५ टुटुँगा निवासी परियारले नेपाल, भारत, बङ्गलादेश, जापानजस्ता देशमा आफ्नो कला प्रदर्शनी गरिसकेका छन् ।

बुबा सिद्धिरत्न शाक्य र आमा सेतुलीमाया शाक्यको स्मृतिमा विश्वरत्न शाक्य र उनका परिवारले २०६४ सालमा स्थापना गरेको यो पुरस्कार कला क्षेत्रमा क्रियाशील पोखरेली कलाकारलाई बर्सेनि प्रदान गर्दै आइरहेको छ ।

ADS