17, April 26, 2017
कुराकानी

‘सूचना प्रविधिको सम्पूर्ण जानकारी दिने एक्स्पो नै कमटेक हो’ -महासचिव बलामी

Kamtec

काठमाडौको भृकृटीमाण्डपमा बिहिबारदेखि ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसनलाई बिशेष प्राथमिकताका साथ क्यान कमटेकको आयोजना हुदैछ । सूचना प्रविधिको विकास र प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजना गरिएको क्यान कमटेक लाखौ अवलोकन कर्ताहरुको सहभागीता जुटाउने प्रयास स्वरुप एक सय स्टलहरु राखिएका छन । कमटेक किन आयोजना गरिन्छ र कमटेकको अवलोकन गर्ने अवलोकन कर्ताहरुले के सुविधा पाउने छन भन्ने विषयमा आधारित रहेर कम्प्युटर एशोसियन अफ नेपाल (क्यान) का महासचिव बिश्वराम बलामीसँग गरेको कुराकानीको अंश

कमटेक कस्तो खालको इभेन्ट हो ?
वेसिकल्ली कम्युनिकेशन टेक्नोलोजीलाई फोकस गरेर कमटेकको आयोजना गरेको हो । कम्युनिकेशन टेक्नोलोजीलाई आजका दिनसम्म कुनै त्यस्तो इभेन्ट, एक्जिभिसन, डेटिकेटरको रुपमा गरेको अवस्था छैन । त्यो हिसाबले हामिले अहिले कम्युनिकेशन टेलकोज कम्पनीहरु, आइसपीहरु इन्टरनेटसंग सम्बन्धित व्यवसायीहरु र अन्य सर्भिस तथा कम्पनीहरु तथा टेलिफोनसंग सम्बन्धित कम्पनीहरुको यो कमटेकमा सहभागीता रहेको छ ।

तपाइहरुले विशेष गरेर इन्फोटेक, सफ्टेक गर्दै आउनु भएको थियो । यसपटक चाही कमटेक आयोजना गर्नु भयो किन ?
एउटा प्रदर्शनी भन्ने कुरा चाही कस्तो हुन्छ भने एउटा इनफरमेशन हो । इनफरमेशन संगसंगै विजनेश पनि हो । अटोमेटिकल्ली इन्फरमेसन संगै विजनेश डेभलोप हुने कुरा हो । त्यसलाई रोकेर पनि रोक्न सकिदैन । र हामीले प्रदर्शनी गर्नुको आधार भनेको जनचेना बृद्धि गर्ने र इन्फरमेसन प्रदान गर्ने नै हो । त्यो संगसंगै हामी व्यवसायीहरुको प्रोमोशन पनि हो । यी कुरालाई ध्यानमा राखेर अहिले हामीले कमटेक सुरु गरेका हौ ।

कमटेकको तयारी कस्तो अवस्थामा पुगेको छ ?
यसको सम्पूर्ण तयारी सकिएको अवस्था छ । एक सय वटा स्टल सबै बुकिङ भैसकेका छन ।

कमटेक आयोजना गर्नुको उद्देश्य के हो ?
हामीले कमटेक आयोजना गर्नुको मूख्य उद्देश्य भनेको चाही कम्युनिकेशन टेक्नोलोजीमा कार्यरत व्यवसायीहरु जस्तै टेलकोज कम्पनीहरु, आइएसपी कम्पनीहरु भयो । कम्युनिकेशन टेक्नोलोजिमा काम गरिरहेका कम्पनीहरु भए । यिनीहरुको प्रोमोशन गरेर जनमानसमा कम्युनिकेशनको सर्भिसहरु उपलब्ध गराउनु र पुराउनु हाम्रो लक्ष्य हो ।

यो कमटेक एक्स्पो कति दिन सम्म सञ्चालन हुन्छ ?
यो एक्स्पो २३ गते देखि २६ गतेसम्म चार दिन चल्छ । यो अवधिमा एक लाख ५० हजारले एक्स्पोको अवलोकन गर्ने हामीले अनुमान गरेका छौ ।

एक्स्पोको अवलोकनवाट अवलोकन कर्ताहरुले कस्तो खालको फाइदा लिन सक्नेछन ?
अबको परिस्थितिमा आजको २१ औ शाताब्दीमा कुनै पनि व्यक्तिले सुचना प्रविधिको क्षेत्रमा आफुलाई अपडेट गराउन आवश्यक छ । त्यसैले आफुलाई अपडेट गर्न सूचना प्रविधिको बारेमा सचेत गराउन त्यसको बारेमा भएको उपलब्ध गराइएका सुविधाहरु जान्न तथा बुझ्नलाई यो एक्स्पोले मद्दत गर्ने छ ।

अवलोकनकर्ताहरुले एक्स्पोबाट कस्तो खालको सुविधा पाउने छन ?
सर्वप्रथम त अवलोकनकर्ताहरुले सूचना प्रविधिहरुको बारेमा इन्फरमेसन पाउनु हुनेछ । अहिले जे जति कम्पनीहरु यहाँ आएका छन उनीहरुले केही न केही अफरहरु राखेका छन । ति अफरहरुचाही अवलोकनकर्ताले पाउने छन । अवलोकनकर्ताले त्यसबाट फाइदा लिन सक्नु हुनेछ ।

अहिले जुन एक्स्पो सञ्चालन गरिरहनु भएको छ । यसको लागि नेपाल सरकारबाट कस्तो खालको सहयोग पाउनु भएको छ ?
हामीले आफै एक्स्पो सञ्चालन गरिरहेका छौ । नेपाल सरकारले कुनै पनि फाइनान्सियल्ली सहयोग गरेको छैन । बरु एक्स्पोमा सहभागी भएर अवलोक भने गर्ने गरेको छ ।

अन्तमा केही भन्नु छ कि ?
कमटेकमा तपाइहरु आउन नछुटाउनुस । अहिलेको उपलब्ध सेवाहरु सूचना प्रविधिमा भएको सेवाहरु उपलब्ध जानकारीहरु यहा पाउन सकिने भएकाले तपाइ कमटेकमा आउन छुटाइरहनु भएको छ भने तपाइ पछि पर्नु भएको छ भन्न चाहन्छु ।

हिमगाथाबाट साभार