17, April 26, 2017
कुराकानी

अभिनय गरेर पैसा लिन्छु अनि जिविकोपार्जन चलाउनुपर्छ भनेर सोचेको छैन

Ph n r %28147%29

दोलखा फस्कु–३ की ३० वर्षीय सुकुमाया तामाङ तामाङ समुदायकी चर्चित कलाकार हुन् । उनले तामाङ समुदायका चलचित्रमा अभिनय मात्र होइन निर्देशनसमेत गरेकी छन् । तामाङ समुदायबाट पहिलो महिला तथा कान्छी निर्देशकका रूपमा उनले अवार्डसमेत हात पारेकी छन् । उनीसंग गरेको कुराकानीको बिशेष अंश:

के मा व्यस्त हुनुहुन्छ ?
पछिल्लो समयमा म्युजिक भिडियोतिर नै व्यस्त छु । एडिन प्रधानले गाएको गीत ‘घुम्न जाऊँ है मुस्ताङ’ को भर्खरै म्युजिक भिडियो गरें ।

कलाकारिता तपाईंको शोख हो, कि इच्छा हो ?
शोखभन्दा पनि इच्छा हो । पहिले देखिकै चाहना भएका कारण भित्रि आत्मादेखि नै इच्छा भयो र म कलाकारितामा आएँ ।

यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
०६० सालमा मैले आफैंले एउटा सर्ट मुभी बनाएँ । त्यो एउटा कमेडी बेसको थियो । त्यसपछि ०६२ मा फेरि अर्को मूभी बनाएँ । त्यहीँबाट म कलाकारिता क्षेत्रमा प्रवेश गरें । जब मैले दोस्रो मुभी बनाएपछि मलाई अन्य मुभीमा अफर आयो । सुरुमा मैले हिरोइनको रोलमा भन्दा पनि आमाको रोलमा अभिनय गरेकी थिएँ ।

अहिलेसम्म कुन कुन मुभीमा अभिनय गर्नुभयो ?
‘प्राङगोला माङ’ ‘माया लाछो’ ‘जाथेव’ ‘पोम’ ‘च्याङवा’ लगायत दर्जन जति मुभीहरूमा अभिनय गरेकी छु ।

विशेष गरेर तामाङ कम्युनिटीका चलचित्रमा अभिनय गरेको देखिन्छ नि ?
हुन त म आफू पनि तामाङ भएकाले होला धेरैजसो मैले तामाङ भाषाका चलचित्रहरूमा अभिनय गरेको छु । हुन त मैले शेर्पा भाषाको गीतको म्युजिक भिडियो पनि गरेकी छु । उमंग लामाको गीतमा अभिनय गरेकी छु ।

यस क्षेत्रमा आउँदा कस्तो महसुस गर्नुभयो ?
पहिलो त संघर्षमय नै जीवन बिताउनुप¥यो । जब मैले एउटा मुभी बनाइसकेपछि एउटा प्लेट फर्म तयार भएपछि अन्य अफरहरू पनि आउन थाले । जसका कारण मैले अवार्डसमेत हात पार्न सफल भएँ त्यसपछि मलाई आनन्द महसुस भयो । मेरा पनि केही दिनहरू आए जस्तो लाग्यो । म आपंैm पनि तामाङबाट पहिलो महिला निर्देशक पनि भएका कारण मैले अवार्ड पाएँ । २०६७ सालमा मैले इन्डिजिनियस फिल्म –आइफा) मार्पmत अन्तराष्ट्रिय अवार्ड पाएकी थिएँ । त्यसबेला मैले कान्छी निर्देशकको रूपमा अवार्ड हात पारेकी थिएँ ।

तपाईंले आफ्नो करिअर यही क्षेत्रमा बनाउने सोच गर्नुभएको छ कि, अरू कुनै सोच बनाउनुभएको छ ?
कलाकारितामा करिअर बनाउने सोच बनाएकै छैन । यो मेरो योगदान हो । आफूलाई भित्रैदेखि चाहना भएर गरिरहेको त हो तर म यसैलाई व्यवसाय बनाउँछु भन्ने सोच चाहिँ बनाएको छैन । अभिनय गरेर पैसा लिन्छु अनि जिविकोपार्जन चलाउनुपर्छ भनेर सोचेको छैन ।

के विजनेस गर्नुहुन्छ त ?
अब गर्नेभन्दा पनि मैले पहिलेदेखि नै विजनेस गरिरहेकी छु । मेरो आफ्नो सहकारी छ । ब्युटिपार्लर पनि छ । त्यसैले विजनेसलाई आधार बनाएर अघि बढिरहेकी छु ।

त्यसो भए आफूलाई एउटा कलाकार भनेर चिनाउन चाहनुहुन्छ कि विजनेस म्यान भनेर चिनाउन चाहनुहुन्छ ?
विजनेस भनेर चिनिने भनेको छुट्टै छ । विजनेसको हिसाबमा म विजनेस म्यान भनेर चिनिन्छु । तर, संमग्र कलाकार सबैलाई समेट्दा चाहिँ म कलाकार भनेर चिनिन चाहन्छु । सबै तामाङ समाजका सबैले मलाई कलाकारका रूपमा चिनिरहेका हुन्छन् । र म कलाकारकै रूपमा चिनिन चाहन्छु ।

तपाईं एउटा तामाङ समुदायको कलाकार हो, तपाईंले आफ्नो समुदायका लागि चाहिँ के सोच्नु भएको छ ?
तमाङ समुदायमा बसेर मैले कलाकारितालाई निरन्तरता दिइरहेको छु । कलाकारिताबाट नै तामाङ समुदायमा केही परिवर्तन गर्ने । तामाङ समुदायका दिदीबहिनीहरूका लागि मैले उदाहरण दिएर उनीहरूको नेतृत्व विकास गर्ने प्रयास गरेकी छु त्यो समुदायका लागि योगदान दिएको जस्तो लाग्छ । जनजातिका मुद्दालाई चलचित्रको माध्यबाट बाहिर ल्याइरहेकी छु त्यो पनि समुदायको लागि हो जस्तो लाग्छ ।

विशेष गरेर नारी कलाकारलाई शोषण गरिन्छ भन्छन्, तपाईंको समुदायमा चाहिँ त्यो हुन्छ कि हुन्न ?
मैले देख्दाखेरी चाहिँ यो हामी जनजाति महिलाहरूमा चाहि शोषण खासै हुँदैन । आफैं शोषित हुन्छ भने त त्यो अर्कै कुरा हो । जनजाति पनि मानिस हो । जनजाति पनि केटा हो । जनजाति पनि केटी हो । फिलिङ एउटै हुन्छ । ऊ आफैं शोषित हुन जान्छ भने शोषणमा पर्छ नै तर, त्यस्तो चाहनाविपरीत जबरजस्ती भन्ने चाहिँ हुँदैन । महिलाको अधिकार बढी पनि त्यसमाथि महिलालाई रेस्पेक्ट गरेको हुन्छ महिलाले भनेको कुराहरू पनि खान्छ । तर आफैं त्यस्तो गर्न खोज्यो भने चाहिँ शोषण हुन्छ । दिदीबहिनीहरूलाई मैले भन्ने गरेको छु आफु  स्ट्रङ हुनुपर्यो  ।

अन्तमा केही भन्नु छ कि ?
सबैजना दर्शक श्रोताहरूको मायाका कारण आज म एउटा कलाकारको रूपमा चिनिन पाएकी छु । दर्शकहरूले मलाई माया गर्नुभएकोमा उहाँहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दै मेरो भनाइ राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।