25, June 25, 2017
साहित्य/विविध

बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल सार्बजनिक

Tu result 337011665

१७  भदौ काठमाडौं ।   त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गएको जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशन गरिएको छ । 

यसैगरी २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि बिहीबार नै प्रकाशन गरिएको छ । 

त्रिविका अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०१४७, १४०२३७, ३२००३१, ३२००३२ र ३९०८७८ लाई दुई वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको छ । 

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.net.ntc.np  मा हेर्न र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।