स्थायी शान्तिबाटै आर्थिक समृद्धि -मन्त्री लेखक

११ असोज काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले स्थायी शान्तिबाटै आर्थिक समृद्धिको बाटो खुल्ने बताएका छन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा सोमबार आयोजित स्वसशक्तिकरणबाट मूल्यनिष्ठा शिक्षा विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले देशमा शान्ति कायम भएमा मात्रै नयाँ संविधान कार्यान्वयन हुनसक्ने धारणा राखे ।

मुलुकमा अहिले शान्तिको आवश्यकता रहेकोमा जोड दिँदै मन्त्री लेखकले वार्ता, संवाद र सहमतिबाटै दशवर्षे द्वन्द्वको अन्त्य भई देश शान्तिको बाटोेमा अघि बढेको बताए । तोकिएको मितिमै तीनवटै निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेको चर्चा गर्दै उनले सरकारले निर्वाचन गर्न सक्दैन की भनेर शङ्का नगर्न विपक्षी दलसँग आग्रह गरे ।

वरिष्ठ राजयोगी ब्रह्मकुमार मृत्युञ्जयले विश्वमा अशान्ति र युद्धका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।कार्यक्रममा राजयोगी ब्रह्मकुमारी सुरेन्द्र, अप्सरा, ब्रह्मकुमार शैलेशराज बरालले शान्तिबिना विकासको कल्पनानै गर्न नसकिने धारणा राखे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय