38, September 19, 2017
ADS
जीवनशैली

हिन्दु विवाहलाई पाकिस्तानले दियो बैधानिकता

 91389095 2f62ae0a 851d 4f49 a3dd 8ecea1940195

असोज ११ एजेन्सी ।  पाकिस्तानमा अब हिन्दु विवाह पनि दर्ता गर्न पाइने भएको छ । पाकिस्तानको तल्लो संसद अर्थात नेशनल एसेम्बलीले हिन्दु विवाह  अधिनियम विधेयक पारित गरेसँगै त्यहाँ हिन्दु विवाह पनि दर्ता गर्न सकिने भएको बिबिसीले जनाएको छ । संसदमा यो विधेयक सर्वसम्मतिले पारित भएको हो । अहिलेसम्म त्यहाँ हिन्दु विवाह दर्ता गर्ने व्यवस्था नहुँदा पाकिस्तानमा रहेका हिन्दु समुदायले आफूलाई असुरक्षित मान्दै आएका थिए । विधेयकको मस्यौदा अनुसार हिन्दु विवाहलाई मान्यता दिने र विवाह गर्ने जोडीको उमेर भने १८ वर्षभन्दा माथि हुनुपर्ने प्रावधान छ ।

यस्तै श्रीमान् श्रीमती एक वर्षभन्दा बढी समय अलग रहेको अवस्थामा तथा सम्बन्धबिच्छेद गर्न चाहेमा त्यो सुविधा पनि पाउने उल्लेख छ । यस्तै, हिन्दु महिलालाई श्रीमान् बितेको ६ महिनापछि फेरि विवाह गर्न पाउने अधिकार  दिइएको छ । पुरुषले बहुविवाह गरेमा भने सजाँयको प्रावधान पनि राखिएको छ । 

ADS