25, June 25, 2017
मनोरञ्जन

युटुवमा बुट्टेचोली चर्चा, लाखौ दर्सक तान्यो (भिडियो सहित )

8777

११ असोज काठमाडौ  । गायक पूर्ण परियारको गीत बुट्टेचोली निकै चर्चित बन्दै गएको गएको । ढाँटीढाँटीको सफलता पछि तेश्रो गीतको रुपमा बुट्टेचोली बजारमा ल्याएका हुन गायक परियारले । युटुव मार्फत  बजारमा ल्याएको गीत छोटो अवधिमा नै चर्चित बन्दै गएको छ । युटुवमा अफलोड गरेको २० दिनमा नै २ लाख ३८ हजार भन्दा बढिले उक्त गीत हेरेका छन । एकनारायण भण्डारीको शब्द पूर्ण परियारको लय तथा स्वर रहेको बुट्टे चोलीमा देवी घर्तीले स्वरमा साथ दिएकी छन ।

म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन । म्युजिक भिडियोमा शंकर विसी र पार्वती राईले अभिनय गरेका छन । शंकर विसी र पार्वती राई पछिल्लो समयमा नेपाली साङगीतिक क्षेत्रमा निकै चर्चित कलाकार हुन ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस