25, June 25, 2017
मनोरञ्जन

मिस टिन नेपालको उपाधी जस्मिनलाई

Miss teen 2016 1

काठमाडौं  १३ असोज, । काठमाण्डौ जेसिसद्धारा आयोजना गरिएको मिस टीन नेपाल २०१६ को उपाधी काठमाण्डौकी  जस्मिन खड्काले जितेकी छिन् । मंगलबार  शीर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

काठमाण्डौकी १८ बषिर्या उर्जा नेवा ‘फस्ट रनर अप’ भइन् भने उर्जाले ‘मिस डिसिप्लीङ’ को उपाधि समेत प्राप्त गरिन् । ‘सेकेन्डर रनर अप’को उपाधि १८ बर्षकी अनुष्का अधिकारीले हासिल गरिन् । अनुष्काले पनि उपाधिसँगै विभिन्न उपहार पाईन् ।

‘मिस प्रmेण्डसिप’को उपाधि अनु सुवेदीले पाईन् भने ‘मिस भिवर्स च्वाईस’को उपाधि रेजिना डीसीले हात पारिन् । ‘बेस्ट ड्रेस’को अवार्ड तृषा श्रेष्ठले जितिन् भने ‘मिस पर्सनालिटी’को अवार्ड प्रमु गुरुङले हात पारिन् । यस्तै ‘मिस पब्लिक च्वाईस्’ को उपाधि ऋतिका शाक्य र ‘मिस ट्यालेन्ट’को उपाधि सृष्टी अधिकारीले प्राप्त गरिन् ।