25, June 25, 2017
खेलकुद

आत्मघाती गोल गरेको ८ मिनेटमा अर्को गोल तर सफलता शुन्य

38e430e000000578 3812389 image a 69 1475090873777


असोज १३ एजेन्सी ।  च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको सेल्टिक र म्यानचेष्टर सिटी बिचको खेल ३ – ३ को बराबरीमा रोकिएको छ । म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले देखेको जितेको सपना पूरा हुन सकेन । सेल्टिकका मोउसा डेम्बेलले पहिलो गोल गर्दै सेल्टिकलाई अग्रता दिलाए । खेलको ३ औं मिनेटमा सेल्टिकका डिफेन्डर इरिक स्भीटहेन्कोले हेडमार्फत दिएको पासलाई  डेम्बेलले गोल गरेका थिए । सेल्टिकले गोल गरेको ९ औ मिनेटमै मयानचेष्टर सिटीले गोल गर्दै खेल बराबरी बनायो । म्यानचेष्टर सिटीका फर्मान्डिनो लुइज रोजाले गोल गर्दै खेल बराबरी बनाएका थिए । सेल्टिकलाई फेरि अग्रता लिन मेहनत गर्नु परेन ।

२० औं मिनेटमा सेल्टिकका डिफेन्डर कियरन थियन्री हानेको प्रहार म्यानचेष्टरर सिटीका रहिम स्ट्रीलिङलाई लागेर आत्मघाती गोल भएको थियो । आत्मघाती गोल गरेर निकै तनावमा आएका स्ट्रीलिङले आत्मघाती गोल गरेको आठ मिनेट पछि अर्थात २८ औं मिनेटमा गोल गर्दै म्यानचेष्टर सिटीलाई बरबरीमा ल्याएका थिए । पहिलो हाफसम्म खेल २ – २ को बराबरीमा टुंग्एिको थियो । सेल्टिकले दोस्रो हाफ सुरु भएको दुई मिनेटमै जादुमय गोल गर्दै फेरि अग्रता लियो । डेम्बेलले ४७ औं मिनेटमा गोल गर्दै फेरि सेल्टिकलाई अग्रता दलाएका थिए । म्यानचेष्टर सिटीका नोलिटोले ५५ औं मिनेटमा गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

सेल्टिकले हानेका ३ वटा पोष्ट चार्जमा तीन गोल नै गर्न सफल भएको थियो । ६१ प्रतिशत बल पोजिशन कायम राखेपनि सिटी भने बराबरीमा रोकियो । खेल बराबरीमा रोकिएपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिवलाले भने ‘यो हाम्रा लागि एउटा राम्रो शिक्षा हुन सक्छ । सुरुवातमा राम्रो गर्नु कति महहत्वपूर्ण छ, एक गोल रिकभर गर्न पनि सजिलो छैन, तर कल्पना गरौं दुई, तीन ।’