13, March 29, 2017
प्रवास

पाकिस्तानले बोलायो राष्ट्रिय सुरक्षा समितिको बैठक

 91451412 7c27065c 0483 4a34 a359 251d80f717e6

१४ असोज काठमाडौ ।  भारत प्रशासित काश्मिर क्षेत्रमा बढ्दो तनावका बिच पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ । भारत पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात सर्जिकल स्ट्राइक्सपछि दुवै देशबिच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले मन्त्रीमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको बिबिसीले जनाएको छ ।

शुत्रबार केन्द्रीय मन्त्रीमण्डलको बैठक बोलाइएको छ भने बैठकमा काश्मिरको स्थितिसँग जोडिएका एजेण्डा प्रमुख रहने समाचारमा उल्लेख छ । यस्तै, त्यहाँको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा काश्मिरमा भारतको अत्याचारका बारेमा छलफल गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको उल्लेख छ ।

सुरक्षा समितिको बैठकमा चारवटै प्रान्तका मुख्यमन्त्रीलाई बोलाइएको छ । यस्तै, आगामी बुधबार नै संसदको संयुक्त सत्र पनि बोलाइएको छ । भारतले गएको बुधबार राति नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपनि पाकिस्तानले त्यसको खण्डन गरेको छ । पाकिस्तानी भूमिमा आएर कुनै पनि कारबाही गरे त्यसको शसक्त प्रतिकार गर्ने उसले चेतावनी दिएको छ ।