21, May 24, 2017
प्रवास

बहिर्गमन औपचारिक प्रक्रिया अर्को वर्ष

Images cms image 000000945

  १६ असोज । बेलायतका प्रधानमन्त्री टेरेसा मेले बेलायत युरोपियन युनियन (ईयू)बाट बहिर्गमनको औपचारिक प्रक्रिया अर्को बर्षको अप्रिलपछि मात्र सुरु हुने बताएका छन्  । बेलायतका महारानी गर्नु हुने आगामी सम्बोधनको बेलामा बेलायत युरोपियन युनियनभित्र रहेको कानुनलाई उल्टाइने नयाँ विधयेक ल्याइने मेले बताए  ।

कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनको क्रममा आइतबार मेले सो कुरा प्रष्ट पार्नु भएको हो । बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रहले युरोपेली सङ्घछोड्ने जनादेश दियो र औपचारिक रुपमा बेलायतले बाहिरिने घोषणा पनि ग¥यो । तर यसको औपचारिक प्रक्रिया भने सुरु भएको थिएन ।

यो जनमतसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो रायको विपक्षमा भएको मतदानको कारण आफनो पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो । उनले  आफ्नो पदबाट तीन महिनाभित्र राजीनामा दिने घोषणा गरेको भए पनि महिनादिन मात्र पनि पदमा बस्न सहज ठानेनन  र निस्किएका थिए  ।