13, March 29, 2017
मनोरञ्जन

माग्ने बुढालाई सरकारी उपचार खर्च सहयोगको आवश्यक छैन

20161002104513 d41b06f04b9b3867931042da08044dab filmykhabar.com
हाँस्य कलाकार केदार घिमिरे'माग्ने बुढा' को स्वास्थ्य स्थितिलाई लिएर पछिल्लो केहि समयबाट निकै चर्चा चलेको छ । कतिले यसलाई बहसको बिषय समेत बनाए ।
 
माग्नेका नजिकका मान्छे र सरकारी तबरबाट उनको उपचारमा सहयोग मिलेन भनेर चर्को बिरोध समेत भयो । नजिकका साथीभाईले आफूलाई साथ दिईरहेको र बारम्वार आफ्नो स्वास्थ्य स्थितिको बारेमा बुझ्न सम्पर्क समेत गरिरहेको बताए । यस्तै उनले जनताले तिरेको करबाट आफूले उपचार नगर्ने भन्दै सरकारी सहयोग आवश्यक नभएको बताए ।