38, September 19, 2017
ADS
साहित्य/विविध

दाहाल यज्ञनिधि सम्मानित

Litterateur dahal yagyanidhi was awarded 57f0d04b696202.76162195

१७ असोज , काठमाडौंं । एकताका रेडियो उद्घोषण तथा साहित्यिक कार्यक्रम प्रस्तोताका रूपमा निकै उचाइ पाएका दाहाल यज्ञनिधिलाई सम्मान गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस अर्थात् तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा शनिबार यज्ञनिधिसहित चारजना साहित्यिक पत्रकारलाई सम्मान गरिएको हो ।

साहित्य क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै यज्ञनिधिसँगै २०१६ सालमा प्रकाशित ‘चिराक’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक कृष्णप्रसाद दुवाल, पुरानो त्रैमासिक साहित्यिक पत्रिका ‘वेदना’का सम्पादकद्वय दिलसुन्दर श्रेष्ठ र सुवास श्रेष्ठ सम्मानित भएका हुन् ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पुराना साहित्यिक पत्रकारलाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरे ।
संघको तेस्रो राष्ट्रिय सम्मेलनले नगेन्द्रराज शर्माको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिए ।

 

ADS