निसका लागि विजयी गोल गरेका बालोटेली इन्जुरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि...

१७ असोज काठमाडौ।   निस फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लोरिएन्टलाई २–१ ले हराएर निस लिगको शीर्ष स्थानमा उक्लिएको हो । ११ औं मिनेटमा बार्बोसा परेराले गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेपछि ६१ औं मिनेटमा बेन्जामिन मोकान्जुले लोरिएन्टका लागि बराबरी गोल फर्काए । ८६ औं मिनेटमा मारिओ बालोटेलीले गोल गर्दै निसलाई जिताए । निसका लागि विजयी गोल गरेका बालोटेली इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । बालोटेलीले गोलको खुसी मनाउन जर्सी फुकालेका कारण दोस्रो पटक पहेँलो कार्ड खाएका हुन् ।

उनले त्यसको १० मिनेटअघि पनि पहेँलो कार्ड खाएका थिए । शीर्ष स्थानको निसको ८ खेलबाट २० अंक भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय