21, May 24, 2017
मनोरञ्जन

आङफुरी शेर्पालाइ मैच्याँङ मन परेपछि मनको कुरा यसरी पोखे गीतबाट (भिडियो सहित)

14731104 1233393126702582 2548010945167045798 n

शेर्पा समुदायबाट आफुलाई गायकको रुपमा चिनाउदै आएका आङफुरी शेर्पा यतिबेला आफनो समुदायको कला र संस्कृतिको जगेर्ना गर्दै आफनै समुदायका गीतहरु गाउदै आएका छन । आङफुरी शेर्पाले सुरुवाद एल्वम ल्याउने अन्तिम तयारीमा तर एल्वम ल्याउनु अघिनै उनको  मैच्याङ हो सुनन भन्ने बोलको गीत युटयुवमा सार्वजनिक गरिएको छ ।

शेर्पा समुदायमा युवायुवतीहरुले कसरी माया र प्रेमका कुराहरु गर्छन भन्ने विषयमा यो गीत केन्द्रित देखिन्छ । शेर्पा समुदायको पछिल्लो समयमा आएका गीतहरुमध्य उत्कृष्ट गीतका रुपमा यसलाई लिन सकिन्छ । यो गीतलाई गायकले आफनो एल्वम सुरुवादमा राखेका छन । सुरुवाद एल्वम छिट्टै नै सार्वजनिक गर्ने उनको तयारी छ । एल्वमका लागि गीत सङकलन गर्ने क्रममा यति आङफुरी शेर्पा व्यस्त देखिन्छन उनी भन्छन ‘एल्वममा ५ वटा गीत राख्ने तयारी गरेको छु ४ वटा भैसक्यो अव एउटा थपेर एल्वम विमोचन गर्ने छु ।’

मै च्याङ हो सुनन... बोलको गीत सोना शेर्पा कोशिसले लेखेका हुन भने संगीत आङफुरी शेर्पा आपैmले गरेका हुन । यस गीतलाई शारदा म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीतको म्युजिक  भिडियोको निर्देशन सिर्जन बरालले गरेका छन । अभिनयमा कृष्ण न्यौपाने र निरुता शाहीको अभिनय देख्न सकिन्छ ।

हेर्नुस गीतको म्युजिक भिडियो