21, May 28, 2017
खेलकुद

एन्फाको चुनाव आज

All nepal football association anfa

८  कात्तिक काठमाडौं,।  अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्ष र उपाध्यक्षका लागि सोमबार चुनाव हुँदैछ । एन्फाले एक बर्षका लागि अध्यक्ष र उपाध्यक्ष चयन गर्न लागेको छ । तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचारी ठहर गर्दै निलम्बन गरेको र उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएका कारण यी दुई पदमा एकवर्षका लागि चुनाव हुन लागेको हो ।
यतिबेला अध्यक्ष पदका लागि  एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ्ग शेर्पा प्रतिस्पर्धामा छन । कर्माछिरिङ शेर्पाको चौतर्फी समर्थन देखिएको छ । जसका कारण एन्फाको अध्यक्षमा कर्मा छिरिङ विजयी हुने पक्का जस्तै देखिएको छ । त्यसैगरी उपाध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पाको समूहबाट दीपक खातीले उम्मेदवारी दिएका छन भने   श्रेष्ठ पक्षबाट मणी कुँवरले उम्मेदवारी दिएका छन । त्यसका साथै उपाध्यक्ष पद कै लागि  स्वतन्त्र रुपमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका उपेन्द्रमान सिंहले उम्मेदवारी दिएका छ

चुनावका लागि ६७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् । ४५ जिल्लामध्ये झापाबाहेकका ४४ जिल्ला फुटबल संघ, १२ वटा ए डिभिजन क्लबबाट एकएक जना, बी डिभिजनका क्लवबाट ४ जना, सी डिभिजनबाट तीनजना, महिला फुटबल संघ, रेफ्रि संघ, प्रशिक्षक संघ र खेलाडी संघबाट एकएकजना गरी ६७ जना प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

बी डिभिजनको कुमारी क्लब कारबाहीमा परेकाले मतदान गर्न पाउँदैन भने प्रतिनिधि ढिलो पठाएकाले झापाले पनि मतदान गर्न पाउँदैन ।

श्रेष्ठ पक्षलाई एन्फाका पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ भने कर्माछिरिङ राजनीतिक रुपमा नेपाली कांग्रेस निकट छन् । उपाध्यक्षमा श्रेष्ठ पक्षबाट उम्मेदवारी दिएका मणी कुँवर साइनोले गणेश थापाका सालो हुन् ।