21, May 24, 2017
प्रवास

पाकिस्तानको प्रहरी तालिम केन्द्रमा आक्रमण हुदा ५९ जनाको मृत्यु, ११७ घाइते

S3.reutersmedia.net

कात्तिक ९ – पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटामा रहेको प्रहरी तालिम केन्द्रमा बन्दुकधारीले गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा प्रवेश गरेका बिद्रोही लडाकुले गरेको आक्रमणमा परि एक सय १७ जना गम्भीर घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । दुईसय भन्दा धेरै जवान रहेको तालिमकेन्द्रमा सोमबार राति बन्धुकधारी प्रवेश गरेका थिए । झण्डै पाँच घण्टासम्म बन्दुकधारी र सुरक्षाकर्मीबिच भिडन्त भएको थियो ।

ज्यान जानेमा अधिकांश प्रहरी जवान छन् । गम्भीर घाइतेको संख्या धेरै रहेकाले ज्यान जानेको संख्या बढ्ने खतरा छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । तर सुरक्षा अधिकारीले भने आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको बताएका छन् ।