13, March 29, 2017
प्रवास

इटालीमा दुईवटा शक्तिशाली भूकम्प

 92104576 amatriceap

११ कात्तिक इटली  । बुधबार राती इटलीमा शक्तिशाली २ वटा भुकम्प गएका छन ।  इटालीको मध्य क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । नेपाली समय अनुसार बुधबार राति १० बजेर ५५ मिनेट जाँदा ५ दशमलव ५ रेक्टर स्केलको पहिलो भूकम्प गएको हो । त्यसको दुई घण्टापछि ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको सरकारी अधिकारीले बताएका छन् । भूकम्पका कारण भवनहरु भत्किएका छन् भने नागरिक सडकमा आएका छन् । अन्य घटनाको विवरण भने आइनसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
दुवै भूकम्प माचेराटा प्रान्तको भिस्सो केन्द्रविन्दु भएर गएको हो ।  बुधबारको भूकम्पको धक्का राजधानी रोमसहित मध्य इटालीको सबै क्षेत्रमा महसुस भएको थियो । भूकम्पका कारण धेरै जसो पुराना घर भत्किएका छन् । उद्धार तथा राहतका लागि उद्धारकर्मी खटिएका छन् । इटालीमा दुई महिना अघि गएको ६ दशमलव २ रेक्टर स्केलको भूकम्पका कारण दुई सय ९८ जनाको ज्यान गएको थियो ।