13, March 29, 2017
खेलकुद

गौरिका सिंहको स्वीमिङसुट आइओसीद्वारा स्वीकृत

Gaurika singh large trans  qvzuuqpflyliwib6ntmjwfsvwez ven7c6bhu2jjnt8

११ कात्तिक काठमाडौं, ।  ब्राजिलको रियो दि जेनेरियामा भएको ओलम्पिक प्रतियोगितामा सहभागी भएकी नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नो स्वीमिङसुट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीलाई दिएकी छन् ।

गौरिकाले दिएको स्वीमिङसुट ओलम्पिक संग्राहलयका लागि आइओसीले स्वीकार गरेको छ । आइओसीले गौरिकालाई प्रमाणपत्र दिँदै  स्वीमिङसुट दिएकोमा धन्यवाद ज्ञापन गरेको छ । गौरिकाको महत्वपूर्ण कार्यको सम्मान गरिने र त्यो सदैव स्मरणीय रहने प्रमाणपत्रमा उल्लेख छ । गौरिकाले आइओसीको हेरिटेजका लागि रियो ओलम्पिकमा आफूले प्रयोग गरेको स्वीमिङसुट दिएकी हुन् ।

रियो ओलम्पिक २०१६ की सबैभन्दा कम उमेरकी खेलाडी गौरिकाले एकसय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् । हिट १ मा एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा दूरी पूरा गरेर पहिलो भएपनि सेमिफाइनलमा छनौट हुन सकेकी थिइन् । उनी समग्रमा ३१ औं स्थानमा रहेकी थिइन् ।