25, June 25, 2017
प्रवास

अमेरिकामा नेपालीलाई ढुक्क

America 581158326bf4c8.72042817

१२ कार्तिक अमेरिका ।  राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० म्याद थप डेढ वर्षका लागि बढाएको छ । संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् ।

गत वर्ष वैशाखमा गएको भूकम्पपछि त्यही वर्ष जुन २४ मा त्यो बेलासम्म अमेरिका प्रवेश गरेका नेपालीका लागि अमेरिकी सरकारले डेढ वर्षको टीपीएस सुविधा दिएको थियो । राष्ट्रपति उम्मेदवार डेमोक्र्याटिककी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच आप्रवासी नीतिमा आकाशजमिनको मतभेद रहेका बेला ओबामा प्रशासनले मंगलबार संघीय सरकारको वेबसाइटमा यस्तो सूचना प्रकाशित गरेको हो ।

यसअघि दिइएको टीपीएस सुविधाको म्याद आगामी डिसेम्बर २१ मा सकिने भएकाले अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीले यसको अवधि बढाउन विभिन्न निकायमार्फत पहल गरिरहेका थिए । डिसीमा रहेका सञ्चारकर्मी विजय थापाका अनुसार विभिन्न कारणले अमेरिका आएर नेपाल नफर्किएका नेपालीका लागि टीपीएस सुविधा लाभदायक हुन्छ । यो सुविधाले अवैध रूपमा अमेरिका बसिरहेका तथा बस्न कानुनी प्रक्रिया अगाडि बढाइरहेका नेपालीले काम गर्न पाउँछन्ु, थापाले अन्नपूर्णसँग भने ।

संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् ।अघिल्लोपटक करिब १० हजार नेपालीले यो सुविधा लिएको र यसपटक बाँकी रहेका त्यत्ति नै संख्यामा थप नेपालीले यो सुविधा लिनसक्ने थापाले बताए ।

नेपालीलाई भूकम्पपीडितका नाममा टीपीएस सुविधासँगै कैयौं वर्षदेखि कागजपत्रबिनै अमेरिका बसिरहेका विद्यार्थी, शरणार्थी सुविधा खोजिरहेका तथा छोटो भिसामा आएका नेपालीलाई फाइदा पुगेको आाजको अन्नपूणै पोष्टमा समाचार छ ।

अघिल्लो वर्ष विभिन्न कारणले यस्तो सुविधा लिनबाट वञ्चित नेपालीले समेत यसपटक यसका लागि आवेदन दिन पाउनेछन् ।