21, May 24, 2017
प्रवास

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

161028161320 chicago ohare fire exlarge 169

एजेन्सी, कात्तिक १३  अमेरिकाको सिकागोमा रहेको ओहार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि विमानमा आगलागी भएको छ । अमेरिकी एयरलाइन्सको विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो । अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको हो । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थालमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले बताउनुभयो । मायामीका लागि उडान भर्न लागेको विमानमा शनिबार राति आगलागी भएपछि धावनमार्ग सकिनु पूर्व नै विमान रोकिएको थियो ।

उडिसकेपछि आगो लागेको भए ठूलो दुर्घटना हुने र विमान त्यसबाट जोगिएको अधिकारीले बताएका छन् । एक सय ६१ जना यात्रु र चालकदलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए । यस्तै विमानमा एउटा कुकुर पनि थियो । २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । तर उनीहरु आगोका कारण नभइ भाग्ने क्रममा घाइते भएका हुन् ।