21, May 24, 2017
प्रवास

पटका पसलमा आगलागी, आठ जनाको मृत्यु

Thumb.php

१३ कात्तिक काठमाडौ । भारतको गुजरातस्थित एक पटका पसलमा आगलागी हुदा ८ जनाको ज्यान गएको छ ।  वडोदरा शहरको नजिक रहेको पटाका पसलमा शुक्रबार राती आगलागी भएको थियो ।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको वडोदराको सयाजी अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रणमा लिन झण्डै पाँच घण्टा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।