13, March 29, 2017
देश

खाना दिन नसकेपछि तीन छोरीलाई विष खुवाएर गुन्द्रदेवीले आत्महत्या गरिन्

Dead body

काठमाडौं । सर्लाही पिपरियाकी गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् । 
विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषसेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजाकुमारी र राधाकुमारीको अवस्था चिन्ताजनक छ । 

गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।

गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर विष खुवाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।