25, June 25, 2017
देश

बन्दका कारण जनजीवन प्रभावित 

498

काठमाडौ । सडक विस्तारका क्रममा सडक छेउका घर भत्काइ क्षतिपूर्ती नदिएको भन्दै  उपत्यका सडक विस्तार संघर्ष समितीको  आज उपत्यका बन्द आह्वान गरेको छ । बन्दका कारण उपत्यकाको जनजिवन प्रभावित बनेको छ ।
राजधानीका सडकहरुमा भाडाका गाडी र निजी गाडी चल्न सकेका छैनन् । गन्तव्यमा पुग्नुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन ।

सडक विस्तारको क्रममा उपत्यकामा सडकमा घर जग्गा मिच्दा सरकारले क्षतिपुर्ति नदिइ सडक विस्तार गरेको भन्दै समितिले बन्द गरेको बताएको छ ।