25, June 25, 2017
देश

एक हजारमा एसएलसीको प्रमाणपत्र बनाइदिने भगवान प्रहरी नियन्त्रणमा

Slc

काठमाडौं । विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र एक हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ ।  
महानरीय प्रहरी प्रभाग अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापामगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो ।

सो गिरोहले एसएसलसीको प्रमाणपत्र चाने भन्दै आउनेलाई एक हजार रुपैयाँ लिएर सहजै बनाइदिने गरेको थियो । 

जमलबाट पक्राउ गरेका ऐनबहादुरका साथमा यमबहादुर थापाको नाममा एसएलसीको प्रमाणपत्र भेटिएको थियो । जुन नक्कली भएको खुलेको छ । नक्कली प्रमाणपत्र बनाउने रानीबारीका भगवान भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।