21, May 24, 2017
प्रवास

समाजवादी पार्टी र कांग्रेसबिच गठबन्धन

 93739578 bbc50e16 73b2 4c88 a7af f1f999317fd1

माघ १० – भारत उत्तर प्रदेशको विधानसभामा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी र कांग्रेस मिलेर चुनाव लड्ने भएका छन् । उत्तर प्रदेशका चार सय तीन सिटी मध्ये दुई सय ९८ मा समाजवादी पार्टी र एक सय पाँच सिटीमा कांग्रेसका उम्मेदवार चुनावी मैदानमा हुने गरी सहमति भएको हो । शनिबारसम्म दुवै पार्टीले गठबन्ध नबन्ने बताएका थिए । तर आइतबार अबेर गठबन्ध हुने पक्का भएको हो ।

यो गठबन्धनमा यसअघि अजीत सिंहको राष्ट्रिय लोकदललाई पनि सामेल गरिने कुरा थियो । तर अन्तिममा आएर समाजवादी पार्टी र कांग्रेसबिच सहमति भएको हो । समाजवादी पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री अखिलेश यादवले धेरै अघिदेखि कांग्रेससँग मिलेर चुनाव लड्ने बताउनुभएको थियो । तर विभिन्न कारणले यो गठबन्धन सम्भव देखिएको थिएन । अन्ततः सहमति भएको हो । उत्तर प्रदेशमा आउँदो फेब्रुअरी ११ देखि विधानसभा चुनाव सुरु हुनेछ । सात चरणमा गरेर चुनाव सकिने छ ।