21, May 24, 2017
देश

भेरी बबई आयोजनाको बजेट खोस्ने दुई मन्त्रीको दाउ

Veri babai daiversan

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सिंचाइमन्त्रीको दबावमा भेरी बबई डाइभर्सन आयोजनाको ३९ करोड रुपैयाँ रकमान्तर गर्ने तयारी गरिएको छ ।

सरकारले महत्वका साथ राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । आयोजनाले खर्च गर्न नसकेको निहुँमा उक्त रकममध्ये ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तर गरी नेपाली कांग्रेसबाट बनेको मन्त्रीद्वयले आफूखुसी आयोजनामा रकम दिन खोजेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।


सिंचाई मन्त्रालयका एक अच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाबाट रकम झिकेर खुद्रे किसिमका औचित्यहीन मझौला सिंचाई आयोजनालाई बजेट दिने सबै तयारी पूरा भएको छ ।