25, June 25, 2017
अर्थ/वाणिज्य

आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषकाे प्रक्षेपण

Nrb

काठमाडौ /चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले प्रक्षेपण गरेको छ । यस वर्षका लागि यसअघि आफैले गरेको प्रक्षेपण परिमार्जित गर्दै साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । 

यसअघि चालू आर्थिक वर्षमा साढे ४ प्रतिशतको आर्थिक वृद्धि हुने आइएमएफको प्रक्षेपण थियो । अनुकुल मौसमका कारण यस वर्ष कृषि उपजको उत्पादन बढेको, पूर्वाधार निर्माणको काम शुरु भएको, कर्जा विस्तार बढेकोलगायत कारण आर्थिक वृद्धिदरमा सुधार हुने आइएमएफको अनुमान छ । 

मुलुकको आर्थिक गतिविधिमा अपेक्षा भन्दा बढी सुधार भएकाले आर्थिक वृद्धिदर पनि बढ्ने देखिएको ‘आर्टिकल फोर’ का लागि नेपाल आएको आईएमएफका टोली प्रमुख अल्मेकिन्डर्सले बताए । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । 

‘विनासकारी भुकम्पबाट ध्वस्त भएका संरचना निर्माणका लागि सरकारले योजना बनाएको छ,’ उनले भने, ‘मुलुकमा दिगो र समावेशी विकासका लागि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’ यद्यपि बनेका नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु नै आर्थिक विकासको प्रमुख चुनौती भएको आइएमएफले औल्याएको छ । कान्तिपुरमा समाचार छ