21, May 24, 2017
प्रवास

ट्रम्प र मोदीबीच फोन वार्ता हुने

Modi trump 58876e88edd902.16110936

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार फोन वार्ता हुने ह्वाइट हाउसले जनाएको छ ।

ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेको चार दिनपछि हुन लागेको कुराकानीले दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप मजबुत बनाउने वासिङटनले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले जिम्मेवारी सम्हालेपछि यसअघि जनवरी २१ मा क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रृडो र मेक्सिकोका प्रधानमन्त्री पेना नियटोसँग र जनवरी २२ मा इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू र इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सिसीसँग फोन वार्ता गरिसकेका छन् । एजेन्सी