30, July 25, 2017
ADS
मनोरञ्जन

प्राणीशास्त्रीको एल्बम ‘समर्पण’ सार्वजनिक

Album lunch 588339739a9392.09970611

काठमाडौं : प्राणीशास्त्री जीवन गुरुङले सांगीतिक एल्बम ‘समर्पण’ सार्वजनिक गरेका छन् । गायन क्षेत्रमा समेत अग्रणीस्थान बनाएका गुरुङले शुक्रबार सांगीतिक एल्बम सार्वजनिक गरेका हुन् ।

काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रगानका सर्जक व्याकुल माइलाले एल्बम सार्वजनिक गरेका हुन् । राष्ट्रभाव, प्रेमभाव समेटिएको गुरुङको सोलो एल्बममा पाँच वटा गीत समेटिएका छन् ।

प्राणीशास्त्रमा स्नातोकोत्तर गरी प्रध्यापनरत गुरुङले ल्याएको एल्बमले समाजमा गायन क्षेत्र मौसमी हुँदै गएको उदाहरणलाई चिर्ने ब्याकुल माइलाको भनाइ छ । उनले सर्जक गुरुङलाई सफलताको शुभकामना समेत दिएका छन् ।

आफूलाई भन्दा पनि, आकास जुनसँगै, वितीजाने यो जोवन, जति-जति टाडा र वीरताको कथा बोलको गीत एल्बममा समेटिएको छ । रचना, संगीत र स्वर आफ्नै रहेको एल्बमको म्युजिक भिडियो समेत गुरुङले बजारमा ल्याएका छन् ।

 

ADS