25, June 25, 2017
प्रवास

उत्तर कोरियाली पारिवारिक मूल्य पछ्याउँदै डोनाल्ड ट्रम्प

Donald trump family plaza tease 5888b1d26ef135.33618628

एट्लान्टा : हरेकपटक वासिङ्टन डिसीमा नयाँ राष्ट्रपति आउँदा सल्लाहकार र सहयोगी जो लामो समयदेखि व्यक्तिगत सम्बन्ध बनाउँछन् र निर्वाचन अभियानमा राष्ट्रपतिसँग अझ नजिकिन्छन् उनीहरुले प्रशासनमा निकै ठूलो स्थान पाएको महसुस हुन्छ।

'आइरिस भाइचारा'बाट जोन एफ् केनेडी राष्ट्रपति हुने र 'बलिनर्को पर्खाल' ले रिचर्ड निक्सनलाई पहरा दिएजस्तै नजिकका र भित्रियाहरुले प्रशासनका ठूला हस्तीलाई माथ गरेका छन्।तर डोनाल्ड ट्रम्प नआउन्जेलसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले भित्रियाहरुलाई ह्वाइट हाउसमा ल्याएनन्।

ट्रम्पको व्यापारी विगत तथा राष्ट्रपतीय अभियानलाई विश्लेषण गर्दा उनलाई सहयोग गर्नेमा बाहिरबाट निकै थोरै थिए।यसबाट उनको प्रशासनले लिने निर्णयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मुद्दामा बिल्कुल अनुभव नभएका उनकै छोराछोरीको हालीमुहाली हुने देखिन्छ।

चुनावी अभियानमा एकपछि अर्को नियुक्त गर्र्दै निकाल्दै गर्नमा ट्रम्पका छोराछोरी अग्रपङ्क्तिमा रहे। उनकी छोरी इभान्का बाबुले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग गरेको गोप्य भेटमा सँगै थिइन्।त्यसैगरी उनका छोरा डोनाल्ड जुनियरले सांसद रायन जिन्केलाई नयाँ सरकारमा आन्तरिक मामला मन्त्री बनाउन मुख्य भूमिका खेले।

यतिखेर ट्रम्प आफ्नो परिवारलाई ह्वाइट हाउस भित्र्याउँदैछन्।इभान्का प्रथम महिला (फस्र्ट लेडी) को कार्यालय समाल्न तयार छिन्।घरजग्गा लगानीकर्ता उनका श्रीमान् जारेड कुश्नेर ससुरालाई चित्त पर्‍यो भने मध्यपूर्वमा शान्ति कायम गर्नका लागि उनका विशेष दूत हुन सक्छन्।अनि रहनेछन् डोनाल्ड जुनियर र उनका भाइ एरिक न्युयोर्कको ट्रम्प अर्गनाइजेसन चलाउन, जसले बाउको विदेश व्यापारलाई हेर्नेछन्।तर ट्रम्प के दाबी गरिरहेका छन् भने उनका छोराहरुले पूर्णरुपले स्वतन्त्र भएर काम गर्नेछन्।

यस्ता कार्यले प्रश्न खडा गरेका छन्-ट्रम्पका छोराछोरी बाबुको पदलाई आफ्नो पारिवारिक व्यापार व्यवसाय बढाउनका लागि प्रभाव पार्ने क्षमता राख्छन् ? त्यसैगरी कति बा ट्रम्पले बाझिएको स्वार्थ वा नातावाद विरोधी नियमको हनन गर्ने पो हुन् कि भनेर चिन्तित छन्।तर ट्रम्प यस्ता शङ्कालाई महत्वहीन कुराका रुपमा लिन्छन्।

यसमा अचम्म मानिरहनु पर्दैन।ट्रम्पको व्यवस्थापन ढाँचा भनें पारिवारिक घेराबाट नै निर्माण भएको छ।सानैदेखि कसरी व्यापार व्यवसाय फस्टाउन सकिन्छ भन्ने वातावरणमा उनका छोराछोरी भिजेका छन्, हुर्किएका छन् र लामो समयदेखि ट्रम्प अर्गनाइजेसनको यो सफलतामा काम गरेका छन्।