25, June 25, 2017
अर्थ/वाणिज्य

नौगड गाढ आयोजनामा १ अर्ब लगानी सम्झौता

Naugadh gad 5888aae3935837.63297007

काठमाडौं: अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको नौगड गाढ जलविद्युत् आयोजनामा दुई बैंकले एक अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्।

नेपाल एसबीआई बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौतामा बुधबार काठमाडौंमा हस्ताक्षर भयो। यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ। यस मध्ये ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत शेयरधनीको लगानी रहनेछ।

सम्झौताअनुसार एसबीआईले ५५ करोड रुपैयाँ र प्रभु बैंक लिमिटेडले ४५ करोड रुपैयाँ ऋण प्रवाह गर्नेछन्। कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिए।

आयोजनाबाट उत्पादित विद्युत आठ किलोमिटर लामो ३३ केभी प्रसाररण लाइनबाट प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ केभीमार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ।

कम्पनीले यस अघि १७ महिनाको अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७२ साल भदौदेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ।अन्नपूर्ण पोष्ट