‘गाइ की त्रिशुल’ भन्दै १० बर्षका लागि जेल गए गायक प्रकाश ओझा

नायिका ज्योतिको जिन्दगी बर्वाद बनाउने गायक प्रकास अाेझालार्इ १० बर्ष सम्म जेलमा काेच्न सर्वाेच्चकाे अादेश

काठमाडौं ।सर्वोच्च अदालतले गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै सर्वोच्चले उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चको फैसलालगत्तै प्रहरीले उनलाई पक्राउ गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ । ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा पाँच, पाँच गरी १० वर्ष जेल सजाय सुनाइएको हो । पुनरावेदन अदालत विराटनगरले भने उनलाई दोषी ठहर गरेको थिएन । सर्वोच्चले पुनरावेदनको फैसला माघ पहिलो साता नै उल्ट्याएको भएपनि यो फैसलालाई सार्वजनिक भने गरिएको थिएन ।

चर्चित गायक तथा हास्य कलाकार ओझा जेसिका (ज्योति) खड्कामाथिको यौनकाण्डका दोषी हुन् । ज्योतिले झण्डै दुई वर्षअघि आत्महत्या गरेकी थिइन् । उनले ज्योतिलाई नायिका बनाउने प्रलोभन देखाएर शारीरिक सम्वन्ध राखेपछि त्यसको तस्वीर तथा भिडियो बनाएर सार्वजनिक गरेका थिए ।

यति मात्र होइन, उनल डरत्रास देखाएर तीन बालबालिकासँग अनैचिक सम्वन्ध राखेका थिए र अश्लिल तस्वीर तथा भिडियो खिचेका थिए । त्यही तस्वीर र भिडियो देखाएर उनले पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको र तस्वीरहरु वेबसाइटमा राखेर बेच्ने प्रयास गरेको सर्वोच्चको ठहर छ ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय