21, May 24, 2017
राजनीति

पुन:संरचना प्रतिवेदन अझै अनिर्णीत

Purna samrachana  report palika

काठमाडौं /सरकारले दलहरूबीच राजनीतिक सहमति जुटाउन नसक्दा स्थानीय तह पुनस्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयनमा लान सकेको छैन । आयोगको प्रतिवेदन मन्त्रिपरिषद्मा पुगे पनि सरकार त्यसबारे अनिर्णीत रह्यो । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आयोगको प्रतिवेदनबारे चर्चा गरे पनि बैठकले त्यसलाई कार्यान्वयनमा लैजानेबारे निर्णय लिएन । प्रधानमन्त्रीले पुनस्संरचनालाई लिएर जिल्ला–जिल्लाबाट असन्तुष्टि व्यक्त भइरहेकाले त्यसबारे थप राजनीतिक छलफल आवश्यक रहेको बताएका थिए । सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले राजनीतिक तहमा छलफलपछि मात्रै पुनस्संरचना आयोगको प्रतिवेदनलाई मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय भएको बताए । आयोगले ७ सय १९ वटा गाउँपालिका र नगरपालिका निर्धारण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पुस २२ मा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई बुझाएको थियो । 

आयोगले प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको समय माग गर्दै आएकोमा राजनीतिक सहमति जुटाउन नसकेका प्रधानमन्त्री त्यतिखेर प्रतिवेदन बुझ्नबाट पन्छिएका थिए । आयोगले प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीले समय नदिएको भन्दै प्रचारबाजी गरेपछि दबाबमा परेका प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्न मन्त्रीलाई अघि सारेका थिए । 
 आजको कान्तपुरमा समाचार छ ।