13, March 29, 2017
समाचार

सरकारको निर्देशन विपरीत अस्पतालभित्रै निजी औषधि पसल

Download

बर्दिया – सरकार र सर्वोच्चको आदेशविपरीत जिल्ला अस्पताल बर्दियाको हाताभित्र निजी औषधि पसल सञ्चालन गरिएको छ ।

अस्पतालको सरकारी फार्मेसीसँगै निजी औषधि पसल खड्का मेडिकल स्टोर सञ्चालन हुदै आएको खबर आजको कान्तिपुरमा छ ।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईंका अनुसार जुनसुकै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुुनुपर्छ ।

बर्दिया अस्पतालको सरकारी फार्मेसीले उपभोक्तालाई १० प्रतिशत अनिवार्य छुट दिने गरेको सुपरभाइजर अविनाश गुप्ताले जानकारी दिए ।

निजी पसलले पाँच देखि १० प्रतिशत छुट दिने बोर्डमा लेखेपनि नदिने गरेको गुप्ताको दावी छ ।