38, September 19, 2017
ADS
प्रवास

भ्रष्टाचारको आरोपमा प्रधानमन्त्रीलाई सोधपुछ

Benjaming 29012017075401 1000x0

एजेन्सी इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भ्रष्टाचारको आरोपमा जेरुसेलमस्थित निवासमा पुगेर सोधेको स्थानीय समाचार माध्यमहरूले शुक्रबार जनाएका छन् । प्रहरीले सोधेको यो तेस्रोपटक हो । 

प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ । उक्त रेडियोले नेतन्याहुमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनस् एकपटक सोधपुछ गर्न सक्ने प्रहरीले बताएको जनाएको छ । यो इजरायली प्रहरी प्रवक्तासँग सम्पर्क गर्दा प्रतिक्रियाका लागि उनी उपलब्ध भएनन् । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहुले एक इजरायली व्यवसायी र हलिउड निर्माता अर्नोन मिल्चानबाट लाखौं अमेरिकी डलर बराबरको महँगा चुरोट लिने गरेको पाइएपछि प्रहरीले छानबिन सुरु गरेको हो । मिल्चान नेतन्याहुका पुराना साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्रीले बताउँदै आएका छन् ।

ADS