17, April 24, 2017
खेलकुद

मीरालाई एड्भेन्चर्स अवार्ड

Mira rai 28012017080655 1000x0

काठमाडौ.अल्ट्रारट्रेल रनर मीरा राईले नेसनल जोग्राफिकको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ अवार्ड जितेकी छन् । फरक–फरक विधाबाट साहसिक कामका लागि मनोनयनमा परेका विभिन्न मुलुकका १० व्यक्तिमध्ये सबैभन्दा बढी भोट प्राप्त गर्दै उनले यो अवार्ड जितेकी हुन् ।

‘वाह १’ अनलाइनमार्फत शुक्रबार अवार्ड जितेको सार्वजनिक भएपछि मीराले भनिन्, ‘सोच्दै नसकेको सफलता प्राप्त भएको छ ।’ नोभेम्बरमा ‘टप टेन’ को मनोनयन सार्वजनिक भएपछि सुरु भोटिङ १६ डिसेम्बरसम्म चलेको थियो । ‘सबैको समर्थन र भोटले जितियो, सबैप्रति आभारी छु,’ ईकान्तिपुरको ब्रान्ड एम्बासडरसमेत रहेकी २९ वर्षीया उनले भनिन्, ‘मेरो सफलताले अवसर पायो भने गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । यो सुरुआत हो, मजस्तै दौड्ने अरू धेरै छन् । उनीहरूले पनि अवसर पाउनुपर्छ । अब म उनीहरूलाई अगाडि बढाउने प्रयासमा लाग्नेछु ।’

नेसनल जोग्राफिकले बर्सेनि प्रदान गर्ने यो अवार्डका लागि अन्वेषण, संरक्षण, सांस्कृतिक पुनरुत्थान, साहसिक खेलकुद, मानवतावाद लगायत क्षेत्रमा ‘ठूलो सपना देखाउने’ व्यक्तिलाई समेट्ने गरेको छ । तीमध्ये प्रेरणादायक मानिएका व्यक्तिलाई सर्वाधिक भोटका आधारमा ‘एडभेन्चरस अफ इयर’ अवार्ड दिने गरिन्छ ।