17, April 24, 2017
देश

सर्वोच्च अदालत र प्रधानन्यायाधीश कार्कीविरुद्ध आन्दोलनको घोषणा

Download %281%29

काठमाडौं :- न्यायाधीश नियुक्तिमा कानुन व्यवसायीलाई बेवास्ता गरिएको र प्रक्रियाको मिचिएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

शनिबार कार्यसमितिमा भएको छलफलपछि बारले कानुन व्यवसायीको भेलादेखि बार प्राङ्गणमा कालो पट्टी बाध्ने, माघ १९ गते ३ घण्टा मुद्दाहरुको बहस पैरवी नगर्ने घोषणा गरेको हो ।
बारले प्रधानन्यायाधीश उपस्थित कार्यक्रममा सहभागी नहुने र उनलाई कार्यक्रममा नबोलाउने निर्णय गरेको छ । बारले संवैधानिक इजलाश गठन नहुञ्जेल सर्वोच्च अदालतमा कुनै कानुन व्यवसायीलाई एमिकस क्यूरी पनि नपठाउने घोषणा गरेको छ ।