13, March 29, 2017
विचार/ब्लग

जनकपुरजस्तो पवित्र ऐतिहासिक स्थलको दुर्दशा

Taranath sharma 1

हाम्री माता जानकी अर्थात् सीताको जन्मस्थल जनकपुरमा पत्याउनै गाह्रो पर्ने र पीडाजनक स्थिति अझै पनि हृदय नै हल्लाउने गरी प्रचलनमा रहिरहेको देख्दा म वाल्ल परेको छु ।
जनकपुरको ऐतिहासिक अध्ययनले मलाई सीतामाताको अतुलनीय पतिव्रताधर्मका साथै राजा जनकको दर्बारमा प्रतिष्ठित ऋषि याज्ञवल्क्यजस्ता वैदिक ऋषिको मात्र होइन ती ऋषिका अविवाहित चेलीहरू गार्गी र मैत्रेयीहरूले कथेका वैदिक छन्दका उत्कृष्ट कविताका श्लोकहरूको झल्झली सम्झना हुन्छ ।
त्यस स्थानको नजिकै नारायणी नदीको किनारमा देवघाट अवस्थित छ जहाँ छेउकै नवलपरासीमा जन्मेका वाल्मीकिले संस्कृत भाषाको पहिलो महाकाव्य ‘आध्यात्मिक रामायणु रचेका थिए ।
अस्ति सोमबार ९३ माघ २०७३० का दिन ‘अन्नपूर्ण पोस्ट्ुमा एउटा यस्तो खबर प्रकाशित भयो जसले मेरो शरीरभरि भक्कानो छुट्यो र म विक्रमाब्द २००६ सालमा छैटौं कक्षामा पढ्दै गर्दाको घटनालाई झल्झली सम्झन पुगेँ ।
त्यति बेला म इलाम जिल्लाको पूर्वी क्षेत्रमा पर्ने फिक्कल ९हाल फिक्कललाई ‘सूर्योदय नगरपालिकाु भनिन्छ० स्थित आदर्श चन्द्र पाठशालामा पढ्थेँ । त्यो विद्यालय स्वामी सोमेश्वरानन्द भन्ने धार्मिक गुरुले १९९० सालमा जनचन्दा बटुलेर सिमेन्ट र ढुङ्गा मिलाई बनाउनुभएको थियो जो आजसम्म पनि बलियो भएर जनसेवामा संलग्न छ ।
प्रारम्भमा चन्द्र पाठशाला संस्कृत शिक्षा प्रदान गर्ने उद्देश्यले निर्मित थियो, तर बिस्तारैबिस्तारै संस्कृत पढ्न पढाउन स्थानीय व्यक्तिहरूले छाडेकाले र स्वामीको पनि देहावसान भइसकेकाले त्यो सुन्दर भवन रित्तै उभिइरहेको थियो ।
संयोगले मेरा पिता प्रजापति उपाध्यायले मलाई र मेरा भाइबहिनीलाई समेत अङ्ग्रेजी पढाउने उद्देश्यले त्यस भवनलाई छान्नुभयो र उहाँकै अध्यक्षतामा २००३ सालतिर चन्द्रभक्त कसजु नामक बेलाइती सेनाका लाहुरेलाई भेटेर अङ्ग्रेजी पढाउने विद्यालय स्थापना गर्नुभयो । चन्द्रभक्त कसजु काठमाडौंको इन्द्रचोकस्थित साहूका छोरा हुनुहुन्थ्यो ।
उहाँ प्रसिद्ध राष्ट्रभक्त गङ्गालाल श्रेष्ठका मित्र हुनाले उहाँलाई राणाहरूले समात्लान् भन्ने त्रास थियो र उहाँको परिवारले उहाँलाई दार्जिलिङ जिल्लाअन्तर्गत खर्साङस्थित पुष्परानी विद्यालयमा पढ्न पठाइएको थियो, तर उहाँ त्यहाँ पढ्दापढ्दै भागेर बेलाइती सेनामा भर्ना हुन पुगी हङकङको अड्डामा कारिन्दा हुन पुग्नुभयो ।
२००६ सालमै इलामका पाठशालाहरूले मेरै कारणले हर्षसाथ हटाइसकेको छुवाछूतलाई आज ६७ वर्षपछि पनि जनकपुरले ‘डोमु भनेर घृणा गर्दै पाठशालामा नपढाएको खबर पढ्दा अत्यन्त व्यथित हुन्छु म १ मानव सबै समान हुन् र रहने छन् ।
पछि त उहाँ लुकेरै पनि नेपालै आउन चाहने हुनाले हाम्रो फिक्कलै छेउको पशुपतिनगरका मित्र राजबहादुर राईसित सुटुक्क मातृभूमिमा पसी कुनै विद्यालयमा पढाउने उद्देश्यले फिक्कल आइपुग्नुभयो र मेरा पितासित उहाँको भेट भयो । त्यसपछि हाम्रो भाग्य १ मेरा पिता र उहाँको विचार मिलेपछि हाम्रो फिक्कलको चन्द्र पाठशालामा अङ्ग्रेजीको पठनपाठन थालियो ।
मलाई त्यस विद्यालयको तेस्रो श्रेणीमा उहाँले भर्ना गर्नुभयो र म नेपाली ठूलो वर्णमालामा ब्द्यऋम् चिनिसकेकाले आनन्दसित पढ्न थालेँ । उहाँको नेपाली त अत्यन्त राम्रो थियो नै, त्यसमा पनि अङ्ग्रेजहरूसँगको निकट सम्पर्कले उहाँको अङ्गे्जी पनि उत्कृष्ट थियो ।
असाध्य सुन्दर हस्ताक्षर भएका मेरा अति आदरणीय गुरु मलाई औधि माया गर्नुहुन्थ्यो, विश्वास गर्नुहुन्थ्यो । उहाँले ‘आदर्शु थपेर राखेको त्यस विद्यालयमा प्रशस्त छात्रछात्राहरू पढ्थे । एक दिन उहाँले मलाई बोलाएर भन्नुभयो, ‘तारा, म विशेष कामले पल्लो भान्साघरस्थित भित्री कोठामा दुई÷तीन घण्टाका लागि जाँदैछु । सबै कक्षाका विद्यार्थीलाई पाठ सिकाएकै छु, पढ्छन्(पढ्दैनन्, झगडा पो गर्छन् कि अथवा बाहिर निस्केर खेल्न थाल्छन्, तिमीले हेर्नू है ।ु
यसरी मलाई जिम्मा लगाएर उहाँ आफ्नो सुत्ने कोठामा जानुभयो । मेरो विचारमा उहाँ लुकीलुकी राणाविरोधी लेखहरू लेख्नुहुन्थ्यो, ‘नेपाल पुकारु वा ‘युगवाणीुजस्ता पत्रपत्रिकाहरू पढ्नुहुन्थ्यो । उहाँ गइसकेपछि बाहिर बतास र हुरी चम्कियो । मूल भवनभित्र पस्ने ढोकैको अघिल्तिर सिकुवाजस्तो थियो, ठाडै घाम वा पानीको त्यहाँ प्रवेश हुँदैनथ्यो । त्यसै हुनाले एउटा डेस्क र दुइटा कुर्सी राखेर त्यहाँ कर्णबहादुर मोहते र चन्द्रवीर गदाललाई बसाइन्थ्यो । उनीहरूलाई भित्र पस्ने अनुमति थिएन ।
हुरी झन्झन् चम्किँदै जाँदा तिनका पाठ्यपुस्तकहरू र कापीहरू भिज्न थाले । नेपाली पाठ्यपुस्तकहरू दार्जिलिङबाट किनेर ल्याउनुपथ्र्यो र महँगा पनि हुन्थे । मलाई पुस्तकहरू पानीमा डुबेपछि पढ्न नसकिने हुन्छन् र विचरा कर्ण र चन्द्रको बिजोग हुन्छ भन्ने चिन्ताले म दग्ध भएँ र ढोकाबाट हात छिराएर तिनका पुस्तक पत्रहरू मागेँ— ‘म भित्र सुरक्षित राखिदिन्छुु तर तिनले पटक्कै मानेनन्— ‘तपाईंको जात जान्छ । हामीलाई विद्यालयबाट निकालिन्छ ।ु मैले मानिनँ, भनेँ, ‘म जिम्मा लिन्छु ।ु अनि तिनका पुस्तकहरू र कापीहरू सोहोरेर अफूसित लिँदै भित्रतिर ल्याउन बल गरेँ ।
कर्ण र चन्द्र मभन्दा बलिया थिए, म परेँ लुरे बाहुन । तैपनि कुन दैवी प्रेरणाले हो वा के शक्तिले हो मैले त्यो पुस्तकको बिटो हत्याएँ र भित्र ल्याएँ । भित्र ल्याएर मैले मेरा प्रिय मित्र पासाङ गोपर्मा ९शेर्पा०लाई दिँदै भनेँ, ‘साथी, यी पुस्तकहरू हुरी चलुन्जेल तपाईं नै सुरक्षित राखिदिनोस् है, नत्र भिजे भने यिनले फेरि किन्न सक्तैनन् विचराहरू १ु
अब पाठशाला बन्द हुने भयो, जात जान्छ । चारैतिर विरोध घन्कियो । हुरी भने झन्झन् चम्कियो । कहाँसम्म भने दुवै जना मेरा कर्ण र चन्द्र साथीहरू नराम्ररी भिज्न थाले । जे पर्ला ता नि १ भनेर मैले दुवैलाई ढोकाबाट भित्रतिर तानेँ ।
‘अब ताराको पनि जात जान्छ, हामीले पनि पतिया गर्नुपर्ने हुन्छ, स्कुल पनि बन्द हुन्छ । यसरी दमाईकामीलाई भित्र छिराउन कहाँ पाइन्छ रु ु सबै जना कराउन थाले । मैले भने शिवजीको प्रेरणाले नै त होला, त्यस्ता बलिया कर्ण र चन्द्रलाई भित्र बेस्मारी तानेर छिराएँ र लफ्य्राक्क हुन्जेल भिज्नबाट बचाउँदै आँधीबाट सुरक्षित भित्र तानेँ ।ु
त्यही बेला कसजु सर ९गुरु० आइपुग्नुभएछ र चिच्याउनुभयो, “तारा १ तिमी सबैभन्दा आज्ञाकारी र इमानदार छात्र भनेर मैले सबैको हेरचाह गर्न खटाएको थिएँ, तर तिमीले त शुद्रहरूलाई समेत विद्यालयभित्र हुलेर यो विद्यालय बन्द गर्ने भयौ, हामी सबैको जात जाने भयो अब।।।ुु
डरले सबजना थुर्थुर काम्न थाले । यस्तैमा मूल ढोका ठूलो आवाज गर्दै उघ्रियो र त्यहाँ त मेरा आफ्नै पिताजी हस्याङफस्याङ गर्दै आइपुग्नुभएछ । अब परेन फसाद १ विद्यालयका अध्यक्ष नै त्यसरी स्याँस्याँ र फ्याँफ्याँ गर्दै अछूतहरू भित्र पसाएर अशुद्ध पारेको भवनभित्र पसेपछि अब पाठशाला पनि बन्द हुने भयो, हामी सबैको जात पनि जाने भयो र झन् तारानाथलाई त अब उसका पिताले बेस्करी पिट्ने हुनुभयो भनेर सबैको सातो गयो ११ तर म मेरा पिताजी मसित त्यसरी रिसाउनुहोला र मलाई पिट्न तयार हुनुहोला भनेर कहिल्यै विश्वास गर्दिनथेँ, उहाँ मलाई औधि नै माया गर्नुहुन्थ्यो ।
मैले नडराईकन गुरुलाई निवेदन गरेँ, ‘हिजै तपाईंले हामीलाई मानवहरू सबै दाजुभाइ, दिदीबहिनी हुन्, वसुधैव कुटुम्बकम् भनेर सुनाउनुभएको होइन रु चन्द्रका दाजुले बनाएका औंठी लगाएर मेरा पिता चुलामा जानुहुन्छ, खानुहुन्छ, अनि पूजा पनि गर्नुहुन्छ, कर्णका दाजुले सिएको साया वा धोतीका फेर लगाएर आमा चुलामा भात पकाउनुहुन्छ । टाढाटाढाका मान्छेहरू बन्धुबान्धव हुन् भनेर सिकाउने हाम्रा शास्त्र आफ्नै ठाउँका बन्धुबान्धवहरूलाई पनि छुवाछूतको दोषारोपण गर्ने रु

यसरी म बोल्नु पनि मेरा पिताले सरासर मेरो छेवैमा आएर मलाई च्याप्प समाती टाउकामा च्वाक्क म्वाइँ खाँदै भन्नुभयो, ‘मैले मेरो छोरो चाहिँ साँच्चै नै शुभमुर्हूतमा पाएको रहेछु । म गौरव गर्छु मेरो छोरा तँप्रति ।ु हो, त हाम्रो शास्त्रले भनेकै छ नि—
‘माता हुन् पार्वती हाम्री पिता हाम्रा महेश्वर
दिदीबहिनी सबै हाम्रा, दाजुभाइ सबैतिर १ु
अनि त सारा हाहाकार शान्त भयो । कहाँसम्म भने हाम्रो विद्यालयले समस्त शूद्र वा कामी, दमाई, सार्की भनेर हेला गरिएका आफ्नै दाजुभाइ, दिदीबहिनीहरूलाई भित्रै पसाएर समान र स्नेहको व्यवहार गर्दै पढाउन थाल्यो । यो आदर्श परिणाम इलामका अरूअरू समस्त विद्यालयहरूले हर्षसाथ ग्रहण गरे ।
२००६ सालमै इलामका पाठशालाहरूले मेरै कारणले हर्षसाथ हटाइसकेको छुवाछूतलाई आज ६७ वर्षपछि पनि जनकपुरले ‘डोमु भनेर घृणा गर्दै पाठशालामा नपढाएको खबर पढ्दा अत्यन्त व्यथित हुन्छु म १ मानव सबै समान हुन् र रहने छन् । माता सीताको आदर्श पछ्याएर हामीले डोम, चमार, शूद्र दलित भन्दै हेप्तै आएका दिदीबहिनीहरूको श्रद्धा र स्नेहसाथ सहयोग गरौं । समस्त नेपाली हामी समान छौं । तारानाथ शर्मा, अन्नपूर्णपोष्टबाट साभार गरिएको