38, September 19, 2017
ADS
देश

सुनकाण्ड : एसएसपी खत्री थप चार दिन हिरासतमै

Download

काठमाडौं / सुनकाण्डमा पक्राउ परेका एसएसपी श्याम खत्रीमाथि अनुसन्धान गर्न सोमबार काठमाडौं जिल्ला अदालतले म्याद थप गरेकोे छ । यससँगै उनी कम्तीमा चार दिन हिरासतमै रहने भएका छन् ।

संगठित अपराधको मुद्दाअन्तर्गत एसएसपी खत्रीमाथिको कारबाही प्रक्रिया अगाडि बढाउन तथा थप अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थपिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का एसएसपी मनोज न्यौपानेले बताए । सुन तस्करीमा संलग्न भएको पुष्टि भएपछि आइतबार सिआइबीले उनलाई प्रहरी प्रधान कार्यालयबाट नियन्त्रणमा लिएको थियो । आजको नयाँ पत्रिकामा  खबर छ  ।

एक महिनाअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको करिब ३४ किलो सुन तस्करीमा एसएसपी खत्रीको संलग्नता रहेको ब्युरोले जनाएको छ । दुबईबाट ल्याएको सुन तस्करी हुँदा एसएसपी खत्री विमानस्थलमा कार्यरत थिए । सिआइबीको हिरासतमा राखी खत्रीमाथि थप अनुसन्धान भइरहेको सिआइबी कार्यालयले जनाएको छ ।

अब के हुन्छ रु
प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेपछि कानुनी रूपमा एसएसपी खत्रीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने अधिकार सिआइबीले पाएको छ । प्रहरीले मंगलबारदेखि बयान प्रक्रिया अगाडि बढाउने भएको छ । त्यसपछि उनीमाथि लागेको आरोपको सबुत प्रमाणको परीक्षण हुनेछ ।

बयानमा अनुसन्धान हुँदा थप कुरा खुल्न आएमा फेरि थप अनुसन्धानका लागि उनले दिएको बयानको आधारमा अरूलाई पनि प्रहरीले नियन्त्रणमा लिनेछ । खत्रीले गल्ती गरेको देखिएमा सबुत प्रमाणको आधारमा प्रहरीले उनीमाथि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ ।

ADS