21, May 28, 2017
खेलकुद

सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा

Lamichhane 2  589e5a40e91f96.96793701

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा पर्न सफल भएका छन्। 

विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा १६ बर्षीय सन्दीप परेका हुन् । क्रिकेट सम्बन्धी अनलाइन अल आउट क्रिकेटले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको ३० नम्बर सूचीमा राखेको छ। 

विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाली लेग स्पिनयर सन्दीपलाई भावी यासिर साहको संज्ञा समेत दिएको छ। 

२२ वर्षसम्म उमेरका युवा क्रिकेटरको सूचीमा सन्दीप परेका हुन् । उक्त सूचीमा परेका मध्ये १५ जनाको नाम सार्वजनिक गरिएको छ भने अन्य १५ उत्कृष्टको नाम सार्वजनिक गरिएको छैन। अन्नपुर्णपोष्टबाट