21, May 24, 2017
राजनीति

 ‘अमेरिकाको यस्तो रहस्य नेपालको अस्थित्व मेटाइ चाइनामा झण्डा गाडने’ 

Bamdev gautam111 58ef473ee47550.40244434

काठमाडौं ३१ चैत । नेपालको अस्तित्व समाप्त  पारी चीनको स्वशासित क्षेत्र तिब्बतमा आफ्नो झण्डा गाड्ने अमेरिकी योजनाको रहस्य खुलेको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले यसतो रहस्य खोलेका हुन । 

एमाले ललितपुरको प्रचार भेलालाई लगनखेलस्थित साझा पार्टी प्यालेसमा सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष गौतमले त्यस्तो रहस्य खोल्नुभएको हो। पूर्व गृहमन्त्रीसमेत रहनु भएका गौतमले नाम उल्लेख नगरी एक जना अमेरिकी पिसकोरले ४० वर्ष अगाडि आफूले दिएको सुझाव अनुसार नेपालमा जाति, भाषा, धर्म संस्कृतिबारे विवाद भइरहेको अन्तरवार्ता अमेरिकी पत्रिकालाई दिएको बताए ।

‘मैले ४० वर्ष अगाडि दिएको सुझाव अनुसार काम गरेको भए यतिवेलासम्म नेपाल पनि रहदैंनथ्यो, तिब्बतमा अमेरिकी झण्डा गाडिएको हुन्थ्यो,’ ती अमेरिकी पिसकोरले दिएको अन्तर्वार्ता उदृत गर्दै गौतमले भन्नुभयो। पहिलो संविधानसभामा जाति, भाषा, धर्म समुदायकाबीचमा जुन खालको संघर्ष भएको थियो, त्यो संघर्ष त्यही अमेरिकी योजना अनुसार भएको गौतमले बताए ।

गौतमले भने ,‘जाति, भाषा, धर्म र संस्कृतिका नाममा एक अर्कोलाई लडाइयो। यो अमेरिकाको पुरानै योजना अनुसार भएको थियो। ४० वर्ष पहिले पिसकोरका नाममा नेपालमा स्वंयम सेवा गर्न आएका एक अमेरिकनले पहिलो संविधानसभामा भएको जातीय लडाईलाई आफूले ४० वर्षअघि अमेरिकन सरकारलाई बुझाएको सुझाव अनुसारको वाटोमा नेपाल आएको भनी अन्तर्वार्ता दिएका थिए।’

आफ्नो सुझाव अनुसार अमेरिकी सरकार अगाडि बढेको भए चीनमा कम्युनिष्ट शासन नरहने र तिब्बतमा अमेरिकी झण्डा फहरिने ती अमेरिकनको भनाई गौतमले आफ्ना कार्यकर्तालाई स्मरण गराउनु भएको हो। सोही योजना अनुसार नेपालमा जातीय आधारमा प्रान्त बनाउने पहिलो संविधानसभाको योजनालाई एमालेले रोकेको पनि गौतमले बताए । संविधानसभाबाट संविधान जारी हुन नदिन तत्कालीन राष्ट्रपति रामवरण यादवलाई विभिन्न शक्तिकेन्द्रले घेरावन्दीमा पारेको पनि उहाँले बताए ।

तत्कालीन राष्ट्रपति यादवले आफू घेरावन्दीमा परेर संविधानमा हस्ताक्षर गर्न तयार नभएपछि संविधानसभाले प्रस्ताव पारित गरेर जारी गराउने निर्णय गरिएको पनि उनले जानकारी गराए ।