17, April 26, 2017
समाचार

मासिक पैसा उठाउदै ट्रिपर छोडिदिदै ट्राफिक प्रहरी, पैसा नदिए दुःख दिने 

13439156 247082715675511 292685186095487979 n

काठमाडौं ३१ चैत । सप्तरीको कदमा अस्थायी ट्राफिक पोष्टमा कार्यरत ट्राफिक प्रहरीनै कमाउ धन्दामा लागेको थाहा हुन आएको । पोष्टमा कार्यरत असइ उपेन्द्र महतो कमाउ धन्दामा लागेको जानकारीमा आएको छ । महतोले विभिन्न व्यापारी तथा व्यवसायीबाट मासिक रुपमा पैसा लिने गरेको तथ्य फेला परेको छ । 
उनी करिब ४ महिना मात्र भयो यस पोष्टमा आएको कदमा आउनु अघि उनी पोकलीमा थिए । कदमा आएदेखि नै उनले व्यवसायीहरुबाट उनीहरुले काममा बाधा नपुराउने सर्तमा मासिक पैसा लिने गरेका हुन । उनले पैसा लिने ब्यापारीबाट गोप्य रुपमा बुझदा उनले प्रति ब्यापारी मासिक ४ हजार र ५ हजारका दरले लिने गरेको थाहा भएको छ । उनले ट्रिफर व्यवासायी राजेन्द्र यादव दुचेन शाह, राम विलास यादव यमप्रकास राइन जस्ता व्यापारीलाई पैसा नदिए उनीहरुको ट्रिपर रोक्ने भन्दै मासिक पैसा लिने गरेको थाहा हुन आएको छ । 
समयमा पैसा नआए असइ आफै फोन गरेर खै त पैसा आएन त भनेर माग्ने गरेका छन । एक व्यावसायीका अनुसार पहिले पनि ३ हजार दिदै आएकोमा पोष्टमा ४ जना स्टाफ भएको र अरुलाई पनि दिनु पर्ने भन्दै ४ हजारका दरले पैसा उठाउने गरेको बताए । उनका अनुसार पैसा नदिए आफनाहरुलाई अनावश्यक बाटोमा रोक्ने सवारी कागजपत्र हुदा पनि विभिन्न दुःख दिने गरेका कारण मासिक पैसा दिने गरेको बताए । 
यसरी सरकारी तलव खाएर नियमको पालना गर्ने ठाउमा अनावश्याक दुख दिएर कमाउ धन्दामा लागिरहदा पनि प्रहरीको माथिल्लो निकाएले उनलाई संरक्षण गरेर राखेको छ । प्रहरी नियमावलीमा हेर्ने हो भने नियम विपरित घुस लेनदेन जस्ता कार्य गरेर बर्खास्त गर्ने सम्मको नियम भएपनि अहिले सम्म यी र यस्ता घटनामा संलग्न प्रहरीलाई कुनै कारबाही हुन सकेको छैन ।