25, June 25, 2017
मनोरञ्जन

चलचित्र ‘शिवम’ पोष्टर सार्वजनिक 

17918330 904430756365685 1093221064 n

काठमाण्डौँ ३१ चैत,  । राजु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘शिवम’ व्यानर रिलिज भएको छ । 
चलचित्रमा नायिका शुभेच्छा थापा र नव नायक सोहम भेटवालको मुख्य भूमिका रहेको चलचित्र  एक्सन तथा माया प्रेममा  केन्द्रित  रहेको छ । यस चलचित्रमा रवी गिरी, राजकुमार थापा, पल्पसा ढंगोल, मदन सिटौलालगायतको अभिनय रहेको  छ । त्यसका साथै निरन्तर कलम चलाइरहेका सञ्चारकर्मी कमल फुयालले पनि यस चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा श्रीकृष्ण बम मल्लले संगीत भरेका छन भने किरण गजमेरले द्वन्द निर्देशन गरेका छन् । चलचित्रलाई कल्पना खरेलले निर्माण गरेकी हुन । चलचित्र राजधानीको आसपास तथा जोमसोम लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताएका छन । 
निर्देशक गिरीका अनुसार  यो चलचित्र  आगामी भाद्र १६ गते रिलिज हुने भएको छ ।