38, September 19, 2017
ADS
समाचार

पत्नी पोइल जाने डरले पतिले यसो गरे

Mahila drug addiction help 365x250

वीरगञ्ज । वीरगञ्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पण्डित कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको छ ।सर्लाही गोडैता ११ का ३५ वर्षीय अमरेन्द्रकुमार पण्डितले १ लाख खर्चेर २८ वर्षीया पत्नीको हत्या गराएको प्रहरी अनुसन्धनबाट खुलेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बबिता जागिरको सिलसिलामा एक वर्षदेखि वीरगञ्ज बस्दै आएकी थिइन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर हत्याको आरोपमा पक्राउ परेका अमरेन्द्र र उनका काकाका छोरा ज्ञानेन्द्रको बयानबाट यस्तो खुलेको जनायो । जिल्ला प्रहरी प्रमुख नरेन्द्रप्रसाद उप्रेतीले बविताले सम्बन्ध विच्छेदसहित अंशका लागि सर्लाही अदालतमा मुद्दा दिएको र अंश दिने आदेश भएको बताए ।

‘उक्त अंश जोगाउनलाई अमरेन्द्रले भाइ नाता पर्नेबाट हत्या गराएको खुलेको छ,’ उप्रेतीले भने । बबिता जागिरे भएर उसले अंश लिई अकैसँग विवाह गर्नसक्ने नकारात्मक सोचबाट प्रेरित भएर हत्या गराएको प्रहरीले जनाएको छ ।

ADS