21, May 24, 2017
समाचार

गठ्ठाघरमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु

1462865014 scooter accident pic

भक्तपुर ५ बैशाख र मध्यपुरथिमि नगरपालिका स्थित गठ्ठाघर चोकमा सडक दूर्घटना हुदा एक जना युवतीको मृत्यु भएको छ । गयराती भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले सानोठिमीबाट गठ्ठाघर हुँदै कौशल्टारतर्फ जाँदै गरेको बा ८३ प ९४३२ नम्बरको मोटरसाइकलको पछाडि सवार सुष्मा कुटुको ज्यान गएको हो।

महानगरीय प्रहरी वृत्त थिमीकाअनुसार मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार बस्ने १९ वर्षीया उनी ठक्करबाट गम्भीर घाइते भएपछि नागरिक अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको ज्यान गएको हो। ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।