दैनिक दुइ करोड कमाउछन अक्षय कुमार

 

बलिउडमा निर्माणाधीन फिल्म ‘२।०’को निकै चर्चा छ । खबरअनुसार भारतकै अहिलेसम्मको सबैभन्दा महँगो फिल्मका रूपमा यसको चर्चा भएको छ । चार सय करोड भारुमा बनिरहेको यो फिल्ममा अभिनेता अक्षयकुमारले दैनिक पारिश्रमिक दुई करोड भारु लिएको खबर बाहिरिएको छ । उनले २० दिनको सुटिङका लागि ४० करोड रुपैयाँ लिने सम्झौता भएको बताइएको छ ।

मुख्य भूमिका निभाइरहेका रजनीकान्तले फिल्मबाट ५०–६० करोड लिने खबर छ । तर, उनको यो रकम भने दुई वर्षको सुटिङका लागि हो । यो फिल्म आगामी तिहारमा रिलिज हुन सक्ने बताइएको छ । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय