सलमानसंग बहिनी अर्पिता निरास

 

सलमान खान र उनकी बहिनी अर्पिता शर्मा निकै मिल्ने साथी पनि हुन् । एक–अर्कालाई खुबै प्रेम गर्ने उनीहरू दुवै दुःखसुखमा डटेर साथ दिन्छन् । सलमानले बहिनी अर्पिताका लागि धेरै सहयोग गर्दै आएको छर्लंगै छ । तर, उनै अर्पिता अहिले सलमानसँग खुसी नरहेको खबरले बलिउडमा चर्चा पाएको छ ।

आखिर किन निरास छिन्, सलमानसँग अर्पिता रु कारण हो, आफूसँग गरेको वाचा सलमानले पूरा नगरिदिनु । सलमानले बहिनीसँग त्यस्तो के वाचा गरेका थिए त रु खबरअनुसार सलमानले ज्वाइँ आयुष शमालाई आफ्नै प्रोडक्सनको कुनै फिल्ममार्फत बलिउडमा डेब्यु गराउने वाचा गरेका थिए । तर, वाचा गरेको लामो समयसम्म पनि यो काम नगरेपछि अर्पिता दाइसँग ठुस्किएकी हुन् । राजनीतिक परिवारमा हुर्किएका ३० वर्षीय आयुष व्यापार व्यवसायमा संलग्न छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय