30, July 25, 2017
ADS
मनोरञ्जन

मुद्दा रद्द भएपछि सञ्जयलाई मिल्यो यस्तो राहत

Sanjaya dutta1

हालै मुम्बईको अँधेरी मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा सञ्जय दत्तविरुद्ध परेको वारेन्ट रद्ध भएपछि उनलाई राहत मिलेको छ । सन् २००२ मा फिल्म निर्माणका क्रममा सकील नुरानीको पैसा अनियमितता गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । तर, सोमबार भएको पेसीको दौरान वारेन्ट रद्ध भएको हो । यसक्रममा सञ्जय झन्डै ११ मिनेट अदालतमा बसेका थिए ।

२००२ मा नुरानीले सञ्जयको फिल्म ‘जानकी बाजी’का लागि ५० लाख रुपैयाँ दिएर हस्ताक्षर गरेका थिए । तर, पछि फिल्म बीचमै छाडिदिएको र आफूलाई पाँच करोड रुपैयाँ घाटा भएको आरोप नुरानीले लगाएका थिए । यति मात्रै होइन, सञ्जयमाथि नुरानीको ज्यान मार्ने धम्की दिएको आरोप पनि थियो ।

यही आधारमा नुरानीले सञ्जयको सम्बन्ध अन्डरवल्र्डसँग रहेको आरोप पनि लगाएका थिए । तर, सञ्जयले पनि नुरानीलाई उही आरोप लगाएका थिए । अदालतमा उनले जवाफ दिएका थिए, ‘अन्डरवल्र्डकै धम्कीका कारण फिल्म निर्माण रोकिएको थियो ।’ जे होस् मुद्दा नै रद्ध भएपछि सञ्जयलाई राहत मिलेको छ । नयाँ पत्रिका

ADS